काठमाडौं । आठदलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । जारी बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद पुर्नगठन गर्ने प्रधानमन्त्री प्रचण्डले बताइसकेका छन् ।