काठमाण्डौं । आज फागुन पुर्णिमा अर्थात रंगहरुको पर्व होली पर्व । काठमाडौंसहित पहाडी जिल्लामा होली पर्व मनाइँदैछ । होली पर्व असत्यमाथी सत्यको विजय भएको दिनको रुपमा रंग, अविर लगाएर खुसी साट्ने पर्वको रुपमा मनाउदै आइएको छ ।


आज परिवार आफन्त र साथीभाइबीच एक अर्कालाई रंग लगाएर खुसी साटासाट गर्ने गरिन्छ । आज देशभरी नै होलीको रौनक देखिएको छ । नेपाली र हिन्दुहरु मात्र नभइ विदेशी पाहुना समेत होलीमा रमेको दृष्यले उल्लास थपिएको छ ।होली एकापसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । तराईमा भने भोलि (मंगलबार) होली मनाइन्छ ।



