सोमवारदेखि तीनदिन नेपालगन्जमा विद्युत अनियमित हुने



नेपालगंज
मर्मत सम्भारको काम गर्नुपर्ने भए पछि नेपालगन्जमा सोमबारदेखि तीनदिन विद्युत सेवा अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्र अन्र्तगतको सबस्टेशनमा रहेको ११ केभि ब्रेकरहरुको नियमित मर्मत संभार गर्नुपर्ने भएकाले नेपालगंजको बजार क्षेत्र, फुल्टेक्रा, रांझा, सदरलाइन, खजुरा लगायत बिभिन्न क्षेत्रमा विद्युत अनियमित हुन लागेको हो ।