काठमाडौं : दिपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन'को डिजिटल राइट्स महंगो मुल्यमा बिक्री गरिएको छ।
फ्लोरमा नजाँदै सिनेमाको डिजिटल राइट्स ९५ लाखमा बेचिएको छ। निर्माण टिमले ओएसआर डिजिटललाई डिजिटल राइट्स बिक्री गरेको हो।

खगेन्द्र लामिछानेको लेखन एवम् निर्माणमा बन्ने यो सिनेमा आउँदो वर्षको दशैंमा रिलिज गरिने बताइएको छ।
हाल यस् सिनेमाको लागि विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का लगायतका कलाकार निर्माण टिमले फिक्स गरिसकेको छ।