एआइजी बढुवाबारे प्रधानमन्त्री र प्रहरी महानिरीक्षकबीच छलफल


  • एआइजी बढुवाबारे प्रधानमन्त्री र प्रहरी महानिरीक्षकबीच छलफल
  • काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा बढुवाबारे प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। बढुवामा सहमति नहुँदा लामो समयदेखि प्रहरीमा एआइजीका पाँच दरवन्दी रिक्त छन् । ती पदमा बढुवाका लागि बुधबार गृह मन्त्रालय समेत सम्हाल्दै आएका प्रचण्डसँग आइजिपीले छलफल गरेको बालुवाटार स्रोत बताउँछ ।



  • वरियतामा डिआइजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य अगाडि छन् । त्यस्तै, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिम ढकाल, राजदत्त जोशी, पोषराज पोखरेल, बुद्धीराज गुरुङ दुर्गा सिंह र किरण राणा पनि एआइजी बढुवाको प्रतिस्पर्धामा छन् । १६ जनाबाट पाँच जना छान्नुपर्ने भएकाले बढुवामा सहमति हुन नसकेको हो । हाल पहिलो नम्बरमा एआइजी बढुवा हुने नै दुई सातापछि आइजिपी हुने भएकाले पनि बढुवामा ढिलाई भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *