काठमाडौ : अभिनेत्री सुरक्षा पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन्। प्रेमी मानव सुवेदीसँग लगन गाँठो कसेकी हुन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यि दुईले प्रेमलाई बिहीबार विवाहमा परिणत गरेका हुन्। सुरक्षाले स्वयम्वरको फोटो सामाजिक सञ्जालमा शेयर समेत गरेकी छन्।

परिवार र नजिकका आफन्तको मात्र उपस्तिथिमा सुरक्षाको विवाह चितवनको सौराहामा सम्पन्न भएको हो।