रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय


  • रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सो दलका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज (शुक्रबार) विहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो पार्टीको संसदीय दलको नेता समेत रहेका श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।



  • नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *