नेपालगन्ज : आदर्श माध्यमिक विद्यालय नेपालगन्जका विद्यार्थीहरु हर कुरामा अग्रसर छन्। चाहे पढाइमा होस् या अन्य अतितिक्त क्रियाकलापमा नै किन नहोस् सदैव सक्रिय छन्।
त्यसो त, सामाजिक कार्यमा पनि अग्रसर छन् आदर्शका विद्यार्थीहरु। शुक्रबार मात्रै यस् विद्यालयका विद्यार्थीहरुले शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् ।
आदर्श माविका प्रशिक्षक चेत चापागाईंको नेतृत्वमा विद्यार्थीहरुले बर्दियाको सत्खलुवा स्थित 'अमर सहिद दशरथ चन्द्र' माध्यमिक विद्यालयका सानासाना नानी बाबुहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो।

सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ११ र १२ विज्ञान संकायमामा अध्यनरत बिधार्थीहरुले गरिब तथा जेहेन्दार बिधार्थीहरुलाई पढाइमा सहज होस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको उक्त कार्यक्रमका संयोजक चेत चापागाईंले बताए।
शैक्षिक सामाग्री पाउँदा 'अमर सहिद दशरथ चन्द्र' माध्यमिक विद्यालयका सानासाना विद्यार्थीहरुको ओठमा मुस्कान छाएको छ।
बेलाबेला यस्तै खालका सामाजिक कार्यहरू आदर्श माविका विद्यार्थीहरुले गरिरहेका हुन्छन् । जुन निकै सराहनीय कुरा हो।