काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज(शनिवार) बिहान साढे ८ बजे बस्नेछ ।
सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिए ।

निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अलमलमा छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उमेदवार मनोनयनको कार्यतालिका छ ।