काठमाडौँ । राष्ट्रपति निर्वाचनमा तथस्ट बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा पनि तटस्थ बस्ने भएको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।