व्यस्त सहरमा
आफूलाई नितान्त
एक्लो पाउँछु
व्यस्त भीडभाडमा
एक्लो पार्ने
सहरको विशेषता भइसकेको रहेछ !
मलाई लाग्थ्यो, सहर मेरो पनि हो
यहाँका मानिस मेरै आफन्त हुन्
यहाँको समृद्धिमा मेरो पनि हिस्सा छ
प्रत्यक्ष सरोकार छ सहरसँग
मेरो पनि
तर, होइन रहेछ
सहर बिरानो रहेछ
सहरको रहनसहन, जनजीवन,
सोचेभन्दा बिल्कुल फरक रहेछ
मालिक प्रवृत्तिको विकास भएको रहेछ
घैला, मैला, गरिब, पाखे, भेडा
देख्दा रहेछन् गाउँमा बस्नेलाई
टोपी खस्ने आलिसान महल
गहिरिएर हेर्यो भने
हाम्रै पसिनाले बनेको हुनसक्छ
यहाँको माटो परीक्षण गरियो भने
हाम्रै पुर्खाको रगतको गन्ध मिल्छ होला !
दुःख लाग्छ–
जहाँ हाम्रो रगत र पसिना बगेको छ
त्यो बिरानो भयो
त्यो सहर भयो
सहरप्रतिको मेरो द्वेष ईष्र्या होइन
सहरप्रति पूर्वाग्रह पनि होइन
सहर सबैको हुनुपर्थ्यो भन्ने हो
सहरप्रति अपनत्व हुनुपर्ने हो
सहरको पनि गाउँप्रति अपनत्व हुनुपर्ने हो
सहरप्रति भरोसा हुनुपर्थ्यो
तर, त्यो भएन ।
क्रमशः सहर बिरानो हुँदै गयो
हरेक मानिस आफूलाई
व्यस्त सहरको एक्लो मान्छे
पाउन लाग्यो
सहर विकास, उन्नतिको प्रतीक हुनुपर्थ्यो
हजारौँको भीड छ
परिहालेछ भने हात तान्ने कोही छैनन्
बरु खुट्टा तान्छन्
धुवाँ, धुलो, पÞmोहोरलाई माया गर्छन्
तर, गाउँलाई हेला गर्छन्
हेयले हेर्छन् ।
गाउँ शत्रु होइन
गाउँ बोझ पनि होइन
बरु भरोसा हो
सहरको आडम्बरले क्षय गरिरहेको छ
दम्भले दूरी बढाउँदै
द्वन्द निम्त्याउँदै छ
रहनसहन, व्यवहारले
हरेकलाई एक्ल्याउँदै छ
व्यस्त सहर
एक्लो सहर भएको छ
व्यस्त सहरमा एक्लो बनाउँदै छ ।
(परशुराम १२, डडेलधुरा)