नेपालगंज । बाँकेको डुडुवामा टिप्पर दुर्घटना भएको छ । ग्राविल लोड गरेर राप्ती नदिदेखि नेपालगन्जतर्फ आउँदै गरेको लु २ ख ३७५८ नम्बरको टिप्पर आज (बुधवार) बिहान डुडुवा गाउँपालिका वडा नं. ४ श्याम आयल स्टोर नजिक दुर्घटनामा परेको हो।
ईलाका प्रहरी कार्यालय कम्दीका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णु शाहीका अनुसार बुधवार विहान करिव ७:०० बजेको समयमा टिप्पर दुर्घटनामा परेको हो । दुर्घटनाबाट मानविय क्षति भने नभएको प्रमुख शाहीले बताए । बाटो निर्माण कार्य भइरहेकोले र साँघुरो बाटोमा तिव्र गतिका कारण सवारी साधनहरु दुर्घटना हुने स्थानियले बताए ।

टिप्परलाई चालक गढवा १ कालाकाटे बस्ने ३८ वर्षीय नागराम योगीले चलाएका थिए ।