काठमाडौं– धरान उपमहानगरपालिकाको विकासका निम्ति सरकारी रकम एक पैसा पनि खर्च नगरी अस्ट्रेलिया जान लागेको मेयर हर्क साम्पाङले बताएका छन्।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले फन्ड रेइजिङका लागि जान लागेको जनाएका हुन्। साम्पाङसँग साक्षात्कारका लागि लाहुरी टिभीले समझदारी गरेको थियो।

आगामी जुन महिनाको दोस्रो साता साम्पाङ अस्ट्रेलिया जाने समझदारी लाहुरी टिभीका निर्देशक जीवन दाहालसँग भएको थियो।
