गाई फार्ममा आगलागी हुंदा दुई बाच्छासहित चार गाई जलेर मरे



भक्तपुर
सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा बुधबार बिहान ३ बजे आगो नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार आगलागीबाट रु आठ लाख ७० हजार बराबरको क्षति भएको छ ।