काठमाण्डौं ।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज (आइतवार) दर्ज्यानी चिह्न लगाएका छन् ।
कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीको दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहिआएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई आईजीपीमा नियुक्त गरेको थियो ।