नवलपरासीमा बम भेटियो


  • नवलपरासीमा बम भेटियो
  • नवलपरासी । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो बारीमा मुला र गाजर सुकाएजस्तै गरी बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

    सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगलनजिकै बारीमा बम फेला परेको हो । बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा चौपाया चराउन गएका किसानले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।



  • भारतीय सेनाका पूर्वसैनिकसमेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरेका छन् ।

    जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले भर्खरै यसबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाउने बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *