काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो ।

आजको बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने बताइएको छ । लामो समय मन्त्रालयहरू रिक्त रहँदा जनसरोकारका काम प्रभावित बनेका छन् । ६ चैतमा दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् ।