काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीले प्रकाशलाई आजै सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको हो ।
बुधबार बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम पार्टीका उपमहासचिव प्रकाशलाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए ।
एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । यस्तै, एकीकृत समाजवादी अर्को कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ । तर, प्रधानमन्त्रीले भने वन मन्त्रालय प्रस्ताव गरेका छन् ।