काठमाण्डौं । नेपाल प्रहरीका विभिन्न प्राविधिक प्रहरी समुहका ३१ जना प्रहरी नायब निरीक्षक(सई)हरू प्रहरी वरिष्ट नायव निरीक्षक (वरिष्ट सई)मा बढुवा सिफारिस भएका छन्।

बुधवार बसेको बढुवा समितिको बैठकले ३१ जना नायब निरीक्षकलाई प्रहरी वरिष्ट नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।



