काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।
नेपाल सरकार, गृह मन्त्रालयको आज (शुक्रबार) को निर्णयाअनुसार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेश राज जोशी र किरण राणाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयले डीआईजी जोशीलाई लुम्बिनी र राणालाई बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा गरेको छ।