मोदी इनर्जीको आईपीओ बाँडफाट


  • मोदी इनर्जीको आईपीओ बाँडफाट
  • काठमाडौं । मोदी इनर्जी कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाट गरेको छ ।

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि उक्त आईपीओ फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म जारी गरेको थियो । कम्पनीका अनुसार तोकिएको समयभित्र रितपूर्वक आवेदनलाई आवेदकहरूमा आईपीओ बाँडफाट गरिएको छ । 



  • कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

    यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *