नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो, १८ जना डिस्चार्ज


काठमाण्डौ
देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर कोरोना संक्रमित प्रहरीको संख्या ३८ पुगेको छ ।
जसमध्ये कपिलवस्तुमा कार्यरत प्रहरीमा २, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११, सप्तरीमा २, सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ ,काठमाडौं उपत्यकामा ४ र कञ्चनपुरमा ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीका अनुसार संक्रमित ३८ मध्ये १८ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।
अन्य सबैको आइसोलेसनमा राखेर विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रवक्ता शाहीले स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको र पछिल्लो समय थप सावधानी अपनाउन देशभर निर्देशन दिइएको बताए । देशभरका सबै युनिटका क्वारेन्टाइनमा निर्माण गरिएको र स्वास्थ्यमा समस्या देखिए तत्काल जाँचको व्यवस्था मिलाइएको प्रवक्ता शाहीले बताए ।