दुर्घटनाको उच्च जोखिमका कारण पाल्पा-बुटवल सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने


  • दुर्घटनाको उच्च जोखिमका कारण पाल्पा-बुटवल सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने
  • काठमाडौं । पाल्पा–बुटवल सडकखण्ड अब दैनिक नौ घण्टा अबरुद्ध हुने भएको छ । सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा हुने जोखिमलाई मध्यनजर गर्दै पाल्पा–बुटवल सडकखण्ड दैनिक ९ घण्टा बन्द गर्न लागिएको हो ।

    राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुँदा चैत २१ गते मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलाले बताए ।



  • सो समयमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा अवरोध नहुने बताइएको छ । यसअघि पनि फागुन १३ गतेदेखि १५ दिन दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा राजमार्ग बन्द गरी काम गरिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *