चैत २६ गते आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुने


  • चैत २६ गते आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुने
  • काठमाडौं । राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ ।

    आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति भएको हो । विद्यार्थी संगठनभित्रको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

    स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर क्याम्पसमा ताला लगाएका थिए ।



  • निर्वाचन अधिकृतको राजीनामासहित फर्जि विद्यार्थी भर्ना सम्बन्धि छानबिनको माग गर्दै आएका सत्ता गठबन्धनका विद्यार्थीसंगठन आज भने सहमति आएका छन् ।

    क्याम्पस प्रशासनले निर्वाचन अधिकृत परिवर्तन गर्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २६ लाई निर्वाचन गर्ने सहमति भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *