काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागु हुनेछ ।
