अदालतले लगायो सिनेमा ‘प्रसाद २’को प्रदर्शनमा रोक


  • अदालतले लगायो सिनेमा 'प्रसाद २'को प्रदर्शनमा रोक
  • काठमाडौं : आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा 'प्रसाद २'लाई प्रदर्शनमा रोक लगाइएको छ। मंगलबार उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउने आदेश दिएको हो।

    यस् सिनेमाका निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दालाई नजर गर्दै अदालतले प्रदर्शनमा रोक लगाएको हो।

    थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा चिनाइएको थियो । तर अहिले फिल्ममा उनको नाम छैन ।



  • सोमबार मात्रै निर्माता थापाले सिनेमा प्रदर्शन हुने माहोल मिलाइदिन आग्रह गर्दै एउटा स्टाटस समेत लेखेका थिए। प्रदर्शनपछि तिर्नुपर्ने रकम तिर्ने थापाले स्टाटसमा उल्लेख गरेका थिए।

    छायांकन नहुँदै विवादमा मुछिएको यो सिनेमा अन्ततः प्रदर्शनको संघारमा पनि विवादमा तानियो। अब के होला भन्ने कौतुहलता सबैमा छाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *