नेपालगन्ज।मोफसलमा बसेर निर्देशनमा व्यस्त बनेका निर्देशक नवराज सुवेदी निर्देशित नयाँ म्युजिक भिडियोको छायांकन सप्पन्न भएको छ ।
बाँके र बर्दियाका बिभिन्न स्थानमा सोमबार छायांकन सम्पन्न भएको 'तु सजनी मोर' बोलको थारु गीत नयाँ वर्षको अवसरमा सेविल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट रिलिजगर्ने तयारी रहेको निर्देशक सुवेदीले बताए ।

संगित चौधरी र अनु चौधरीको स्वर, कुमार चौधरीको शब्द /संगीत, जुना क्षेत्रीको कोरियोग्राफर रहेको भिडियोमा सोना बज्राचार्य र रमेशखनालको अभिनय रहेको छ । चौधरी समुदायमा हुर्केका युवायुवती बीचको माया प्रेमसंगै चौधरी समुदायको भेषभुषा, रहनसहनलगायतका कुरालाई भिडियोमा समेटिएको छ।


भिडियोलाई उत्कृष्ट बनाउन सक्दो मिहेनत गरेका निर्देशक सुवेदीले मोफसलमा बसेर सिमित स्रोत साधनहरुको बाबजुद पनी उत्कृष्टभिडियो बनाउन सफल भएको बताउदै अडियो र भिडियोलाई दर्शक स्रोताले माया गरिदिनेमा ढुक्क रहेका बताए ।
पर्यटकिय स्थल बर्दियाको डल्ला होम इस्टे ,नेपालगन्ज र गाबर भ्यालिका बिभिन्न आकर्षक स्थानमा छायांकन गरिएको भिडियोलाई दिनेश क्षेत्रीले खिचेका हुन् ।