बलिउड अभिनेत्री मलाइका बस्ने अपार्टमेन्टमा कोरोना पुष्टि, घर नै सिल



काठमाण्डौ
भारतमा यतिवेला नोबेल कोरोना भाइरस तिब्र रुपमा बढिरहेको छ । हजारौ मानिसहरु संक्रमित भेैरहेको बेलामा बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा बस्ने घरमा पनी एक व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनी बस्ने मुम्बइको अपार्टमेन्ट बिल्डिङमा एक जनामा कोरोना संक्रमण देखिएपछि घर नै सिल गरिएको छ । एक जनामा कोरोना देखिएपछि बुधबार मलाइका बस्ने घर मुम्बइको खारस्थित बिल्डिङ बीएमसीले सील गरेको हो ।
बीएमसीले बिल्डिङमा कोरोना संक्रमित रहेको सूचना पाएको थियो र पुष्टि भएपछि बुधबार राती बिल्डिङ सिल गरिएको जनाइएको छ । मलाइका पछिल्लो समय अभिनेता अर्जुन कपुरसँगको प्रेमका कारण चर्चामा छिन् । उनले सलमानका भाई अरबाजसँग सम्बन्धविच्छेद गरेकी थिइन् ।
नवभारतटाइम्स