नेपालमाथि भियतनामको सानदार जित


  • नेपालमाथि भियतनामको सानदार जित
  • काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ पहिलो चरण छनोट अन्तर्गत भियतनामले पहिलो खेलमा नेपाललाई ५-१ ले हराएको छ ।

    पहिलो हाफमै ३-० को अग्रता लिएको भियतनामले दोस्रो हाफमा २ गोल थप्यो । दोस्रो हाफमा सावित्रा भण्डारीले गरेको गोल सान्तवना सावित भयो । भियतनामले नेपालको कमजोर डिफेन्स र खराब गोलरक्षणको भरपुर फाइदा उठाउँदै फराकिलो जित हासिल गरेको हो ।

    ४ गोलले पछि परेको नेपालका लागि ८०औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् । यसअघि दशरथ रंगशालामा खेलको ११औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।



  • यस्तै, खेलको ३५औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पाएपछि भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।

    खेलको ३८औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३–० ले पछि परेको थियो ।

    दोस्रो हाफपछि आक्रमक देखिएको भियतनामले खेलको ४८औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको थियो । भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५–१ ले विजयी भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *