काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । पुरानो टर्ली बसको कार्यालय अगाडि ५० वर्षीय प्रेम लामाले शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको सुरक्षित उद्धा गरेको थियो । प्रहरीले लामालाई अहिले नियन्त्रणमा लिएको छ । लामालाई सचेत गराई परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।