काठमाण्डौं । नेपाल प्रहरीका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीहरु सन्दीप भन्डारीलाई मानव स्रोतविकास विभाग, मिरा चौधरीलाई कार्य, टेकबहादुर तामाङलाई अपराध अनुसन्धान र सुदीप गिरीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।