काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन–चाँदीको भाउ घटेको छ । आइतबार स्थिर रहेको पहेँलो धातु सुनको भाउ सोमबार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा काारोबार भइरहेका छ । त्यस्तै तेजावी सुनको भाउ सोमबारका लागि तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो भने तेजावी सुनको मूल्य भने तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर तोलाको १४ सय ३० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १४ सय ४० मा खरिदबिक्री भएको थियो ।