ढाकाकुमार ठाउँमा रास्वपाले विन्दवासिनीलाई सांसद बनाउने


  • ढाकाकुमार ठाउँमा रास्वपाले विन्दवासिनीलाई सांसद बनाउने
  • काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।

    बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । सदस्य खारेजीसँगै श्रेष्ठको सांसद पद स्वतः रहने छैन ।



  • समानुपातिक प्रणालीबाट निर्वाचित श्रेष्ठको ठाउँमा रास्वपाले अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ । अब श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
    रास्वस्पाले कंसाकारलाई केही समयअघि मात्र केन्द्रीय सदस्य मनोनित गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *