नेपालगन्ज : 'नेपालगन्ज जेसिज सप्ताह २०२३' सुरुभएको छ। नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै शुक्रबारबाट जेसिज सप्ताह सुरु गरिएको हो।
शुभकामना आदानप्रदान पश्चात् जेसिज टिमले नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसर सरसफाइ गरिएको छ। जेसिज सप्ताह तालिका अन्तर्गत पहिलो दिन बागेश्वरी सरसफाइ गरिएको कार्यक्रम संयोजक जेसि उत्सव सिजालीले बताए।
नेपालगन्ज जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि राजन केसीको अध्यक्षतामा सुरु भएको जेसिज सप्ताहको पहिलो दिन बागेश्वरी मन्दिरका गुरु महाराज प्रमुख अतिथिको रुपमा रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिको रुपमा नेपालगन्ज जेसिजका पूर्व अध्यक्षहरु रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायतले शुभकामना राखेका थिए। नेपालगन्ज जेसिजका सदस्यहरु, बोर्डका सदस्यहरु, जुनियर जेसिजका सदस्यहरु लगायत अन्य समाजसेवी लगायतको उपस्थिति रहेको कार्यक्रमलाई वर्ष २०२३ का महासचिव जेसि मोहित बाबू शर्माले संचालन गरेका थिए।