रोतहट । रौतहटको गढीमाईमा जग्गा विवादलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–८ धोबिनियामा जग्गा विवादलाई लिएर शनिबार दुई समूहबीच विवाद भएको थियो । सोक्रममा गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा अन्य तीन जना घाइते भएका छन् । गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८ का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार अवैध हतियारबाट गोली हानहान भएको थियो ।
तीनै जना घाइतेको गरुडास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।