काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाएको छ । यसअघि रोक्का रहेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।
भू-उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ, यो निर्णयबाट अंशबण्डा लगायतका जग्गा कित्ताकाटमा सहजीकरण हुनेछ’ मन्त्री शर्माले भनिन्, ‘यो नियमावली कार्यान्वयन भएपछि मन्त्रालयले गरेको निर्णय खारेज हुनेछन् ।’