नवनियुक्त चार मन्त्रीले लिए शपथ


  • नवनियुक्त चार मन्त्रीले लिए शपथ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रदेश प्रमुख तिलक परियारले कांग्रेसबाट सरकारमा सहभागी भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।



  • यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएका छन् । २८ पुसका नेकपा एमाले–माओवादीबीचको सहमति अनुसार सो मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय गरेको थियो ।

    तर, मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटै मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै राज्यमन्त्री रहेकी विश्वकर्मा जलस्रोत तथा उर्जा मन्त्री बनेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *