विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख पुगे



काठमाडौं ।
नोवेल कोरोना भाइरस (COVID-19) संक्रमितको संख्या विश्वमा १ करोड ८१ लाख भन्दा वढी पुगेको छ । विश्व स्वास्थ्य संगठन (डव्लु. एच.ओ.) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख ४२ हजार ७१८ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ९१ हजार १३ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।