काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१०, चौबिसकोठीमा आज बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका भरतपुर महानगरपालिका–९ बस्ने ६८ वर्षीय महेन्द्रप्रसाद पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हाकिमचोकबाट चौबिसकोठीतर्फ जाँदै गरेको बा २ क ८३४९ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई आज बिहान साढे ९ बजे ठक्कर दिएको हो । ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।