नेपालगंज:निर्देशक नवराज सुवेदीको थारू भाषाको ‘सजनी मोर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मोफसललाई कर्मथलो बनाएर पछिल्लो समय उत्कृष्ट निर्देशनमार्फत चर्चामा रहेका सुवेदीको ‘सजनी मोर’ बोलको गीत शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो ।
बाँके र बर्दियाका बिभिन्न पर्यटकिय स्थानमा छायांकन गरिएको ‘सजनी मोर’ बोलको थारु गीतलाई सेविल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट रिलिज गरिएको हो ।


संगित चौधरी र अनु चौधरीको स्वर, कुमार चौधरीको शब्द /संगीत, जुना क्षेत्रीको कोरियोग्राफर रहेको भिडियोमा सोना बज्राचार्य र रमेश खनालको उत्कृष्ट अभिनय रहेको छ ।चौधरी समुदायमा हुर्केका युवायुवती बीचको माया प्रेमसंगै चौधरी समुदायको भेषभुषा, रहनसहनलगायतका कुरालाई भिडियोमा समेटिएको छ।
भिडियोलाई उत्कृष्ट बनाउन सक्दो मिहिनेत गरेका निर्देशक सुवेदीले मोफसलमा बसेर सिमित स्रोत साधनहरुको बाबजुद पनी उत्कृष्टभिडियो बनाउन सफल भएको बताउदै यो भिडियोले आफुलाई थप उचाइमा पुग्न सहयोग गर्नेमा ढुक्क रहेका बताए ।

निर्देशक सुवेदीको निर्देशनमा हालसम्म एक दर्जन थारू भाषाको म्यूजिक भिडियो सार्जवनिक भएका छन् ।