तलब भत्ता हिनामिना गरेको अभियोगमा पूर्वडिएसपीलाई तीन वर्ष कैद


  • तलब भत्ता हिनामिना गरेको अभियोगमा पूर्वडिएसपीलाई तीन वर्ष कैद
  • काठमाण्डौं । तलब भत्ता हिनामिना गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रमुख डिएसपी त्रिलोक बहादुर चन्द तथा तथा सइ माधव चन्द ठकुरीलाई ३–३ वर्ष कैद सजाय भएको छ । विशेष अदालतले आइतबार उनीहरुलाई सजाय सुनाउँदै जनही १५ लाख ४५ हजार रुपैयाँभन्दा जरिवाना र जनही ३२ हजार एक सय ५० रुपैयाँ असूलउपर गर्ने फैसला सुनाइएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा डिएसपी चन्दसमेत सइ ठकुरी र थप तीनजनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेकोमा तीनजनालाई विशेषले सफाइ दिएको छ ।




  • डिएसपी चन्दले लेखापाल ठकुरी, लेखा शाखामा कार्यरत हवल्दार टंक बहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीसमेतको मिलेमतोमा भ्रष्टाचार गरेको दाबी सरकारी पक्षको थियो । अन्यले सफाई पाएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तरगतका प्रहरी कर्मचारीहरुको २०७२ असोजदेखि २०७३ असारसम्म तलब, स्थानीय भत्ता, तथा रासन रकममा हिनामिना भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *