काठमाडौं । आइतबार सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । तीन क्षेत्रमा भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको मतदान सम्पन्न भएपछि आयोगले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
आइतबार बारा २, चितवन २ र तनहुँ १ मा भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक सम्पन्न भएको पनि आयोगले जनाएको छ । आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको छ ।
मतदान सम्पन्न भएसँगै आइतवार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको आयोगले जनाएको छ । र, आइतबार रातिदेखि मतगणना सुरु हुने पनि आयोगले जनाएको छ । आयोगका अनुसार यही १२ वैशाख (मंगलबार)भित्र मतपरिणाम सार्वजनिक गर्नेगरी मतगणना हुनेछ ।