मतगणना नसकिँदै कांग्रेसका जितनारायणले हार स्वीकार गरे


  • मतगणना नसकिँदै कांग्रेसका जितनारायणले हार स्वीकार गरे
  • काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेसँग प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले हार स्वीकार गरेका छन् । 

    करिव २० हजार मतगणना बाँकी रहँदै मतान्तरले रविले जित सुनिश्चित गरिसकेपछि श्रेष्ठले सामाजिक संजालमार्फत हार स्वीकारगरेका हुन् । 



  • उनले आफूलाई मतदान गर्ने मतदाता र घरदैलोमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू त्यही क्षेत्रका जनताको सुखदुःखमा सक्रिय रहने बताएका छन् । 

    “निर्वाचनमा पराजित भए पनि यही माटोको लागि केही गर्नुपर्छ भन्ने बाल्यकाल देखिकै मेरो सोच र संकल्पका कारण यहाँहरुको सुुखदुःखमा विगतमाभन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” श्रेष्ठले भनेका छन् ।बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *