वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ हुँदै


  • वामदेव गौतमविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
  • काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइएको विरोधमा दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।

    अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुदैछ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।



  • प्रतिनिधि सभामा पराजित गौतम २०७७ साल भदौंमा राष्ट्रिय सभा सदस्यमा मनोनयन भएका थिए । निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

    जनताको मतबाट अस्वीकृत व्यक्ति फेरि अर्को निर्वाचनबाट अनुमोदिन नभएसम्म शासन व्यवस्थामा सहभागी हुनुलाई जनभावना अनुकुल काम भएको मान्न नसकिने भन्दै न्यायाधीश खतिवडाले गौतमको नियुक्तिलाई विरोधाभाषयुक्त भनी टिप्पणी गरेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *