काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज राति १ बजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गएराति ११ बजेर ५८ मिनेटमा पनि ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै वैशाख १० गते पनि ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि गोरखा केन्द्रविन्दु भएर चैत २८ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।