बन्दुक सहित दुईजना पक्राउ



नेपालगन्ज २१, साउन ।
बाँके प्रहरीले भरुवा बन्दुक सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका ४ खयरभट्टीका ५० बर्षिय रामबली चौधरी र ६१ बर्षका बिष्णु प्रसाद चौधरी छन्।
उनीहरुलाई दुई नाले बन्दुक सहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता सुभाष खड्काले जानकारी दिनभयो । विशेष सूचनाका आधारमा घरमा खानतलासी गर्दा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।