रास्वपाले समर्थन फिर्ता लिने


  • रास्वपाले समर्थन फिर्ता लिने
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । साथै, सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।

    आज(शुक्रबार) बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा ल्याउन पहल गरिरहेका बेला रास्वपाले सरकारमा नजाने निर्णय गरेको हो ।



  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि रास्वपा उपप्रधान तथा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा सभागी भएको थियो । तर, नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि रास्वपाका सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिए ।

    उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउनेबारे सत्ता गठबन्धनमा छलफल भइरहँदा रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो माग पुरा भएमा सरकारमा सहभागी हुन सकिने बताउँदै आएका थिए । तर, पार्टीभित्रको तीव्र दबाबपछि रास्वपाले सरकारमा नजाने निर्णय गरेको ती नेताले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *