एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका प्रस्थान


  • एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका प्रस्थान
  • काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

    संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसी र न्युयोर्कमा यही वैशाख २७ देखि २९ गतेसम्म हुन लागेको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन सोमबार साँझ एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो ।

    अमेरिका प्रस्थान गर्नेमा एआइजी बज्राचार्यसँगै एआइजी सुदीप गिरी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक (एसपी)सन्तोष खड्का रहेका छन् ।



  • अमेरिकामा हुने लिडरसिप एक्जेन्ज कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुँवर सहभागी हुने तयारी थियो तर सरकारले आइजीपी नक्कली शरणार्थी प्रकरणपछि सरकारले आइजीपी कुँवरको अमेरिका भ्रमण रोकेको थियो । अमेरिकामा हुने लिडरसिप एक्जेन्ज कार्यक्रममा सहभागी हुन आईजीपी कुँवर सोमबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको थियो।

    अमेरिकामा हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतङ्कवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार, वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा ज्ञान आदानप्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यक्रमबाट नेपाल र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षासमेत लिइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *