काठमाडौं । सामना फिल्मस्ले निर्माण गरेको चलचित्र ‘काँडेतार’लाई नेपाल सरकारको सेन्सर बोर्डबाट फुकुवा भएको छ ।
सेन्सर स्वीकृति प्रक्रियामा आएको कठिनाइलाई सुल्झाएर काँडेतार बोर्डबाट फुकुवा भएको हो ।

सेन्सर फुकुवा भएसँगै निर्माण पक्षले उक्त प्रक्रियामा सघाउने विभिन्न व्यक्ति तथा संस्थालाई धन्यवाद दिएको छ ।