राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्री महतोको प्रतिवद्धता


  • राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्री महतोको प्रतिवद्धता
  • काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हितहुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्रीको प्रतिवद्धता

    बुधबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टचारमा शुन्य सहनशिलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।



  • उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी लगाएतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी मुद्रा आर्जन गर्नुपर्ने बताए । त्यस्तै बर्षौदेखि कुहिएर रहेको काठलाई प्रयोग गर्न सहजीकरण गरेर स्वदेशमा खपत गरि विदेशमा समेत निर्यात गर्ने योजना बनाउने उहाले बताए ।

    मन्त्री महत्तोले वातावरणमा असर पार्ने उद्योगहरुलाई निगरानी गरेर वातावरणलाई असर नपार्ने गरि सञ्चालनका लागि पनि आफुले पहल गर्ने जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *